न्युज

साली नदीमा केएमसीले सुरु गर्यो एक महिने निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको शंकरापुर नगरपालिका ७ स्थित साली नदीमा एक महिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । श्रीस्वस्थानी ब्रत लिनेहरुलाई लक्षित गरी काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आइतवारवाट शिविर सुरु गरेको हो । साली नदीमा श्रीस्वस्थानी ब्रत लिनेहरुको घुँइचो लाग्ने गरेको छ । ब्रतालुहरुलाई लक्षित गर्दै सुरु भएको निःशुल्क स्वास्थ्य शिविर... पुरा पढ्नुहोस

केएमसी र आन्दोलनरत पक्षबीच सहमति, विद्यार्थी भर्ना शुरु

काठमाडौं मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी, उनीहरुका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो । अभिभावक, विद्यार्थी र कलेज प्रशासनबीच सहमति जुटेपछि विद्यार्थी भर्ना प्रकृया सुरु भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार कलेजका प्रमुख सल्लाहकार डा.केपी शर्मा र आन्दोलनरत... पुरा पढ्नुहोस

नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति, आन्दोलन स्थगित

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको... पुरा पढ्नुहोस

प्रेस चौतारी धनकुटाको अध्यक्षमा रबिन कट्टेल निर्वाचित

प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा पत्रकार रबिन कटेल निर्वाचित भएका छन् । धनकुटामा बिहिबार सम्पन्न प्रेस चौतारीको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा कट्टेल सर्वसम्मत निर्वाचित भएका हुन् । बिगत १३ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल कटेल संगालोखबर अनलाइन मिडियाका सञ्चालक पनि हुन् । पत्रकार महासंघ धनकुटाका कोषाध्यक्षसमेत रहेका कट्टेल सगरमाथा टेलिभिजन,... पुरा पढ्नुहोस

मेडिकल कलेजमा हुने हुलदुंगा नरोकिए अस्पतालहरु ठप्प पार्ने एसोसिएसनको चेतावनी

निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विद्यार्थीहरुले अनावश्यक हंगामा मच्चाएर हिंसात्मक गतिविधि गरेको भन्दै विरोध जनाएको छ । विद्यार्थीहरुले विरोधका नाममा हिंसात्मक गतिविधि गरेर भौतिक सम्पत्तिमा क्षति पुर्याउँने काम गरेको भन्दै एशोसिएसनले बुधबार प्रेस विज्ञप्ति जारी गरेर विरोध जनाएको... पुरा पढ्नुहोस

टिकाथली र चरिकोटमा केएमसीको स्वास्थ्य शिविर, झन्डै ३ हजारको नि:शुल्क जाँच तथा उपचार

ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित टिकाथलीमा र दोलखाको चरिकोटमा भएको निःशुल्क स्वास्थ्य शिविरमा झन्डै तीन हजार जना बिरामीले जाँच तथा उपचार गराएका छन् । केएमसी, उदय विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महालक्ष्मी नगरपालिका वडा नंम्बर ७ को सहकार्यमा टिकाथलीमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो । शिविरमा... पुरा पढ्नुहोस

ताप्लेजुङ्गमा नोबेल र चरिकोटमा केएमसीको स्वास्थ्य शिविर, २ हजार जनाको जाँच तथा उपचार

पुर्वी पहाडी जिल्ला ताप्लेजुङ्गको सिरिजङ्घामा नोबेल हस्पिटलले र काठमाडौं मेडिकल कलेजले दोलखाको चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा ९ सय ६५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै केएमसीले चरिकोटमा गरेको स्वास्थ्य शिविरमा १ हजारभन्दा बढीले स्वास्थ्य जाँच गराएका छन्... पुरा पढ्नुहोस

काभ्रेको चौकोट र रातमाटेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काभ्रेको पनौती नगरपालिका–५ चौकोटको धुलिखेलस्थित श्वेत गणेश आधारभूत विद्यालयमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज, पनौती नगरपालिका ५ नंम्बर वडा कार्यालय र सुब्बागाउँ स्वास्थ्य चौकी चौकोटको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।        शिविरमा १ हजार एक सय ६५ जना बिरामीको... पुरा पढ्नुहोस

राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझाको माग

विवेकशील साझा पार्टीले नेपाल राज्यका निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा  राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन  माग गरेको छ संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गरेको भन्दै विवेकशील साझाले सो माग गरेको हो । पार्टी प्रवक्ता शरदराज पाठकले एक बिज्ञप्ति मार्फत नेपालका हकमा कुनै... पुरा पढ्नुहोस

तोकिएभन्दा बढी शुल्क नलिइएको र छात्रावास ऐच्छिक गरिएको नोबेल र केएमसीको दाबी

राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित चिकित्सा शिक्षा आयोगले पठनपाठन शुल्क निर्धारण गरेको र छात्रावास ऐच्छिक भनिएको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजले आपत्ती जनाएका छन् । पठनपाठनका लागि आयोगले निर्धारण गरेको शुल्क कार्यान्वयन नभएको र कक्षा सञ्चालन नभएको गुनासो तथा उजुरी आएको भन्दै आयोगले यो विषयमा... पुरा पढ्नुहोस